सामाचार
विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थीको नामावली प्रकाशन सम्बन्धमा ।
श्री सम्पूर्ण वडा कार्यालयहरू,
श्री सम्बन्धित सबै विद्यालयहरू,
विषयः विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थीको नामावली प्रकाशन सम्बन्धमा ।
प्रस्तुत विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको च.नं.१५१. मिति २०८२/०१/१५ गतेको विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थीको नामावली प्रकाशन सम्बन्धी प्राप्त पत्रानुसार उक्त कार्यक्रम कार्यान्वयनका लागि यस स्थानीय तहबाट छनौट भएका विद्यार्थीहरूको नामावली र केन्द्रको पत्र यसै पत्रसाथ संलग्न गरी पठाइएकोले छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीहरूलाई सो सम्बन्धमा जानकारी गराई केन्द्रको पत्रमा उल्लेखित निर्देशन बमोजिमका कार्य गर्न गराउनु हुन सम्बन्धित सम्पूर्ण निकायहरूलाई जानकारी गराइन्छ ।