FAQs Complain Problems

लिखु तामाकोशी गाउँपालिकाको दशैं गाउँ सभा २०७९ माघ १५ गते सम्पन्न ।

Read More

लिखु तामाकोशी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ ।

Read More

१० औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९, लिखु तामाकोशी रामेछाप, संघिय सांसद पूर्णबहादुर तामाङ ज्यूको प्रमुख आतिथ्यता सम्पन्न भएको छ ।

Read More

लिखु तामाकोशी गा.पा द्धारा संचालित प्रधानध्यापकको नेतृत्त्व विकास तथा विद्यालय व्यवस्थापन सम्बन्धी तालिम ।

Read More

आ.व २०८०/०८१ को वार्षिक नीती, योजना तथा बजेट प्रस्तुत कार्यक्रम मितिः २०८०/०३/२९

Read More

लिखुतामाकोशी गाउँपालिकाको संक्षिप्त परिचय

१. लिखुतामाकोशी गाउँपालिकाको संक्षिप्त परिचय बागमती प्रदेश जनकपुर अञ्चल रामेछाप जिल्लामा अवस्थित लिखुतामाकोशी गाउँपालिका जिल्लाको तत्कालिन छ वटा गाविसहरू समेटी २०७३ फागुन २७ गतेको नेपाल सरकार, मन्त्रीस्तरीय निर्णयबाट पारित भई स्थापना भएको हो । यस गाउँपालिकामा समेटिएका साविकका छ गाविसहरू क्रमशः दुरागाउँ, सैपु, बिजुलीकोट, नागदह, खिम्ती र तिल्पुङ हुन् । यस गाउँपालिकाको कुल क्षेत्रफल १२४.५१ वर्ग किमि रहेको छ भने कुल जनसंख्या २९,९५९ रहेको छ । रामेछाप जिल्लाका ८ स्थानीय तहमध्ये हाल ७ वटा वडामा विभाजित यो गाउँपालिका जनसङ्ख्या (२९,९५९) का आधारमा २ नगरपालिका: मन्थली र रामेछाप तथा १ खाँडादेवी गाउँपालिका पछि चौथो ठूलो गाउँपालिका हो भने क्षेत्रफलको आधारमा सातौँ ठूलो गाउँपालिका हो ।  यस लिखुतामाकोशी गाउँपालिकाको पूर्वमा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिका, पश्चिममा यसै जिल्लाको मन्थली नगरपालिका र दोलखा जिल्लाको तामाकोशी गाउँपालिका, उत्तरमा यसै जिल्लाको गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिका तथा दक्षिणमा मन्थली नगरपालिका र रामेछाप नगरपालिका यति चारकिल्ला सीमानाभित्र अवस्थित यो गाउँपालिका वनपैदावर, वन्यजडिबुटी, गिटी, ढुङ्गा, रोडा, बालुवा, स्लेट लगायतको प्राकृतिक स्रोत साधनले सम्पन्न रहेको छ भने कृषि क्षेत्रमा आलु, मकै, कोदो, धान, गहुँ, फापर, टिमुर, कागती, ओखर, कफी, सुन्तला, जुनार, तोरी लगायतका अन्नबाली तथा नगदेबालीको पकेट क्षेत्रका रूपमा विकास र विस्तार गर्न सकिने अत्यन्तै उर्वर भूमि रहेको छ भने पशु पालनमा पनि उत्तिकै प्रचुर सम्भावना रहेको छ ।  उत्तर–पूर्व र दक्षिण तीनै दिशाबाट लिखु नदीले रामेछाप र ओखलढुङ्गाको सीमाना छुट्याएको अर्थात् लिखु नदीले तीनै तिरबाट फेरो हालेकोले यस स्थानीय तहको नाम लिखु मात्र सिफारिस गरिएको हुँदा   २०७३ फागुन २७ गतेको नेपाल सरकार, मन्त्रीस्तरीय निर्णयबाट सुरुमा यस गाउँपालिकाको नाम लिखु मात्र रहेको थियो । नुवाकोट, ओखलढुङगा र सोलुखुम्बु जिल्लाका स्थानीय तहको नाम समेत सोही लिखु गाउँपालिका नामकरण गरिएकाले लिखु नदी आसपासका अन्य उक्त ३ जिल्लामा स्थानीय तहको एउटै नाम जुध्न गएको र यसै गाउँपालिकाको उत्तरमा तामाकोशी नदीको शीतल जलप्रवाहले सिंचित गरेको हुँदा २०७४ असार ३० को गाउँसभा बैठकबाट लिखुतामाकोशी नामकरण गर्ने र यस गाउँपालिकाको केन्द्र साविक बिजुलीकोटबाट धोवीबजार सार्ने निर्णय भए बमोजिम यस गाउँपालिकाको नाम लिखुतामाकोशी गाउँपालिका र हाल केन्द्र धोवीबजार रहन गई यस गाउँपालिकाको कार्यालय धोवीबजारमा अवस्थित छ ।  भौगोलिक अवस्थिति  अक्षांश: २७० २५’ २९.४१” देखि २७० २७’ १७.३६” देशान्तर: ८६० १३’ ३५.५३” देखि ८६० १३’ ०.७७” समुद्र सतहदेखि उचाइ (एलिभेसन): ५६५.००८ मि. देखि २७८० मि.  जलवायु: मनसुनी हावापानी (अर्ध उष्ण र उष्ण हावापाी)  तापक्रम: १० देखि ३० डिग्री सेन्टिग्रेड  वर्षा: १२५ मिलिलिटरसम्म  प्रदेश: बागमती  अञ्चल: जनकपुर  जिल्ला: रामेछाप  सीमाना: पूर्व: लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिका ओखलढुङगा            पश्चिम: मन्थली नगरपालिका, रामेछाप र तामाकोशी गाउँपालिका, दोलखा             उत्तर: गोकुलगङ्गा र उमाकुण्ड गाउँपालिका, रामेछाप             दक्षिण: मन्थली र रामेछाप नगरपालिका, रामेछाप ।  क्षेत्रफल: १२४.५१ वर्ग कि.मि.  केन्द्र: धोवीबजार  वडा सङ्ख्या: ७  घरधुरी सङ्ख्या: ५,८५८  जनसङ्ख्या: २९,९५९ (महिला ४९.३९%, पुरुष ५०.६१%)  मुख्य पेशा: कृषि तथा पशुपालन  विद्यालय सङ्ख्या: ४५ सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालय  कूल साक्षरता प्रतिशत: ७८.६४% मुख्य धार्मिक सम्प्रदाय: हिन्दु, बौद्ध र क्रिश्चियन  मुख्य भाषा: नेपाली, तामाङ, मगर, नेवारी, गुरुङ  मुख्य समुदाय: ब्राह्मण, क्षेत्री, तामाङ, गुरुङ, नेवार  प्रमुख खाद्यान्न बाली: मकै, धान, कोदो,गहुँ 

Pages

जन प्रतिनिधि

नाम पद फोन नं

केशव महत

अध्यक्ष 9854040932

दिपा पाख्रिन

उपाध्यक्ष 9854027488, 9849252113

कैलास कुमार दर्लामी

प्रवक्ता एवं वडा अध्यक्ष (७ नं वडा) 9851216222

पदाधिकारी ब्लक

फोन नं

विनोद कुमार अधिकारी

प्रमुख प्रशासकीय अधिकृत 985-4049080

जानकारी

Pages